• २०८३ असोज ५ सोमबार

६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा जारी

६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा जारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका जिल्लाका वडामा पनि अधिवेशन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । धादिङ, नुवाकोटलगायत केही जिल्लाका बाँकी वडामा भने अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ ।

धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वडा, डडेल्धुराका चार वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ । वडा अधिवेशनपछि असोज ७ गते गाउँ–नगर अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र त्यसपछि जिल्ला तथा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै