काठमाडौँ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदको दोस्रो दिनको प्रतिस्पर्धा सकिँदा २९ देशले पदक जितेका छन् ।
आधिकारिक पदक तालिकाअनुसार चीन २३ स्वर्ण, १० रजत र ५ कांस्यसहित ३८ पदक जितेर शीर्ष स्थानमा छ । त्यस्तै आयोजक जापान ८ स्वर्ण, १२ रजत र १२ कांस्यसहित ३२ पदकका साथ दोस्रो तथा दक्षिण कोरिया ५ स्वर्ण, ३ रजत र १५ कांस्यसहित २३ पदकका साथ तेस्रो स्थानमा छ ।
त्यसैगरी, काजाकिस्तानले ४ स्वर्ण, १ रजत र ३ कांस्यसहित ८ पदक जितेको छ भने थाइल्यान्डले ३ स्वर्ण र १ रजत, हङकङले २ स्वर्ण, ३ रजत र ३ कांस्य, चिनियाँ ताइपेईले १ स्वर्ण, ३ रजत र २ कांस्य तथा मकाउले १ स्वर्ण र ३ रजत जितेका छन् । म्यानमार र उज्बेकिस्तानले समान १ स्वर्ण, १ रजत र १ कांस्य तथा कुवेतले १ स्वर्ण र २ कांस्य जितेको छ ।
त्यस्तै, भारत ४ रजत र २ कांस्यसहित ६ पदक जितेर १२औँ स्थानमा छ । इन्डोनेसियाले १ रजत र ६ कांस्यसहित ७ पदक जितेको छ । इराकले १ रजत र २ कांस्य, जोर्डन, लेबनान र सिंगापुरले समान १ रजत र १ कांस्य तथा कतारले १ रजत जितेका छन् ।
कम्बोडियाले ४ कांस्य, किर्गिस्तान र भियतनामले समान ३ कांस्य तथा साउदी अरेबिया, मलेसिया र फिलिपिन्सले समान २ कांस्य जितेका छन् । ब्रुनाइ, इरान, मंगोलिया, पाकिस्तान र ताजिकिस्तानले समान एक कांस्य पदक जितेका छन् । नेपाल भने दोस्रो दिनसम्म पनि पदक विहिन बनेको छ ।









