• २०८३ असोज ६ मंगलबार

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन समिति गठन

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन समिति गठन

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीबारे छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले वरिष्ठ प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

भक्तपुरबाट थानकोट जाँदै गरेको बसमा आज आगलागी भएको थियो । आगलागीमा चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बसमा आगलागी हुनु अघि चालक लामा र ट्राफिक प्रहरीवीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ट्राफिकसँगको विवादपछि चालक लामा आफैले बसमा आगो लगाएको आशंका गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै