• २०८३ असोज ५ सोमबार

एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँग अन्नपूर्ण स्पाइकर किङ्सको 'गौरव यात्रा'

एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँग अन्नपूर्ण स्पाइकर किङ्सको 'गौरव यात्रा'

काठमाडौँ । एक्स्ट्रिम इनर्जी ड्रिङ्कको सहकारीमा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरव यात्रा- च्याम्पियन्स अफ नेपाल भलिबल लिग ट्रफी टुर’ सम्पन्न गरेको छ ।

नेपाली भलिबलको सफलता देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको ट्रफी यात्रा गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थान हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुगेको थियो ।

अन्नपूर्ण स्पाइकर किङ्सले च्याम्पियन ट्रफीसहित अन्नपूर्ण आधार शिविर पुगेर ट्रफी यात्रा सम्पन्न गरेको हो । यात्राका क्रममा विभिन्न स्थानमा खेलाडी, समर्थक र स्थानीय समुदायसँग भेटघाट तथा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

ट्रफी यात्रामार्फत टोलीले नेपाली भलिबलको उत्साह, उपलब्धि र खेलाडीको यात्रालाई समर्थकसँग जोड्ने प्रयास गरेको जनाएको छ । च्याम्पियन ट्रफीलाई खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन भएको थियो । प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससहित काठमाडौँ रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाड्स गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

ऐतिहासिक फाइनलमा अन्नपूर्णा स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधि जितेको थियो। अन्नपूर्णाले फाइनलमा २५–१५, २५–२० र २५–१८ को जित निकालेको थियो। उपाधिसँगै टोलीले २० लाख रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै