• २०८३ असोज ५ सोमबार

बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री र उत्तरगया अध्यक्षबीच छलफल

बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री र उत्तरगया अध्यक्षबीच छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालबीच भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार, सुरक्षा र पुनःस्थापनाबारे छलफल भएको छ ।

सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने भन्दै उनले सुरक्षित स्थान पहिचान गरी तीनै तहको समन्वयमा एकीकृत बस्ती विकासको योजना अघि बढाइने बताए ।

उत्तरगया अध्यक्ष अर्यालले राहत तथा उद्धारलाई थप व्यवस्थित बनाउनुपर्ने भन्दै प्रभावितको तथ्याङ्कमा एकरूपता कायम गर्न आवश्यक रहेको बताए । उनले अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टाछुट्टै संयन्त्र बनाएर काम गर्न तथा गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगलाई प्रभावितको आवश्यकताअनुसार परिचालन गर्नुपर्नेमा जोड दिए ।

छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै