• २०८३ असोज ५ सोमबार

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

काठमाडौँ । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । 

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । 

चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरेका थिए । 

राजदूत चाङले नेपालको सुख–दुःखमा चीन सदैव साथमा रहने बताए । उनले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै