• २०८३ असोज ५ सोमबार

खगेन्द्र सुनारको प्रश्न- संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ?

खगेन्द्र सुनारको प्रश्न- संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद भवन परिसरमा भएको महँगो क्यान्टिन हटाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले संसद भवनमा रहेकोफाइभ स्टार क्यान्टिनमा महँगो भएको र सो महँगो खानेकुरा खाने सांसदको हैसियत छैन भन्दै त्यसलाई तत्काल हटाउन माग गरेका छन् ।

उनले भने- 'बाहिर बरण्डामा राखेको फाइभ स्टार होटल कसले ल्याएको हो ? कालो चियाको एक सय, दुध चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय तिरेर खानसक्ने हैसियतमा अहिलेका सांसद छन् की छैनन् ? फाइभ स्टार होटल तत्काल हटाउनुपर्छ । सिंहदरबार भित्र यति धेरै क्यान्टिन चलाउन पाइदैन । सुन्धारामा भन्दा पनि धेरै होटल भए यहाँ भित्र । नेपालगंज, वीरगंजमा दैलेखको बजारमा चिया जति पर्छ त्यो चिया पनि यहाँ त्यतिमै बिक्रि गरिनुपर्छ, मनपरि पैसा उठाउन पाइदैन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै