• २०८३ असोज ५ सोमबार

एमाले बैठकमा मोबाइल प्रतिबन्ध !

एमाले बैठकमा मोबाइल प्रतिबन्ध !

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

आजदेखि ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोली र पर्सिको बैठकमा मोबाइल प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् । ओलीले आजको बैठकमा पनि सहभागी सबै केन्द्रीय सदस्यहरुलाई मोबाइल अफ गर्न निर्देशन दिएका छन् । साथै उनले बैठकमा मोबाइलबाट तस्वीर लिन र भिडियो खिच्न समेत नपाइने निर्देशन दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै