• २०८३ असोज ५ सोमबार

ज्ञानेन्द्र शाहीको प्रश्न- राजदुत सिफारिसमा आफ्नै मापदण्ड किन पालना नगरेको ?

ज्ञानेन्द्र शाहीको प्रश्न- राजदुत सिफारिसमा आफ्नै मापदण्ड किन पालना नगरेको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राजदुत नियुक्तिमा सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले सरकारले हालै सिफारिस गरेका राजदुतहरु विभिन्न विकास साझेदार र आइएनजीओमा काम गरिरहेका रहेको उल्लेख गर्दै सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका हुन् ।

उनले अमेरिकाका लागि प्रस्तावित राजदुत चिरंजन थापा अक्सफाममा, स्पेनका लागि प्रस्तावित राजदुत प्राप्त शेरचन विश्ववैंक अन्तर्गतको संस्थामा, जर्मनीका लागि प्रस्तावित राजदुत सारुल जोशी, युएन यूमन लगायतमा काम गरेको त्यस्तै अन्य प्रस्तावित राजदुत पनि विदेशी संस्था आइएनजीओमा काम गरेको पाइएको बताए ।

उनले यो सुशासन होइन कुशासन भएको बताउदै सरकारले आफैले बनाएको मापदण्ड किन पालना गर्न सकेन भन्दै प्रश्न गरेका छन् । साथै शाहीले मापदण्ड विपरित भएका सिफारिस बारे जवाफ दिन माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै