काठमाडौँ । कराते खेलाडी एरिका गुरूङ जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदमा पदकबाट चुकेकी छन् ।
कास्य पदकका लागि भएको खेलमा एरिका साउदी अरेबियाकी डिना अहमदसँग ८-७ ले पराजित भएसँगै पदकको सम्भावना सकिएको हो । अघिल्लो एशियन खेलकुदमा एरिकाले रजत पदक जितेकी थिइन् ।
यसअघि एरिका सेमिफाइनलमा पुरानै प्रतिद्वन्द्वी काजकास्तानकी सोफ्या बेरूत्सेभासँग २-१ को झिनो अन्तरमा पराजित भएकी थिइन् । यसअघि ६८ केजी माथिको तौल समुहमा एरिकाले जोर्डनकी यारा नासिरलाई ७-१ को सहज नतिजामा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
आजै भएको अन्य कास्य पदकका खेलमा करातेको कुमिते खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ दुवै पराजित भएका छन् ।









