काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेसमा २-२ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १७ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा ५ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा २४ जना, कर्णालीमा ६ जना र गण्डकीमा १२ जना घाइते भएका छन् ।









