• २०८३ असोज ४ आइतबार

सुनसरीको देवानगन्जमा दुई समूहबीच झडप: एक घाइते, दुई जना पक्राउ

सुनसरीको देवानगन्जमा दुई समूहबीच झडप: एक घाइते, दुई जना पक्राउ

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बिपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ करिब ५: २५ बजे भएको झडपमा देवानगन्ज गाउँपालिका–१ का २४ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको पुठ्ठामा चोट लागेको र घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै