• २०८३ असोज ४ आइतबार

टोटनह्यामको अर्को हार, एस्टन भिल्ला ३–२ ले विजयी

टोटनह्यामको अर्को हार, एस्टन भिल्ला ३–२ ले विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले टोटनहम हट्स्परलाई ३-२ गोलले पराजित गरेको छ। शनिबार राति टोटनहमको घरेलु मैदानमा भएको खेलमा भिल्लाले सिजनको पहिलो लिग जित हात पारेको हो ।

भिल्लाका लागि योहान मान्जाम्बीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। निकोलस ज्याक्सनले ६७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि एमिलियानो बुएन्डियाले ७९औँ मिनेटमा गोल गर्दै भिल्लालाई ३–० को अवस्थामा पुर्‍याए ।

टोटनहमले खेलको अन्त्यतिर लगातार दुई गोल फर्काएको थियो । कोनर गालाघरले ८६औँ मिनेटमा गोल गरे भने जान पाउल भान हेकेले अतिरिक्त समयको आठौँ मिनेटमा गोल गरेका थिए । तर टोटनहमले बराबरी गर्न सकेन ।

यस जितसँगै एस्टन भिल्लाले पाँच खेलबाट चार अंक जोडेको छ । टोटनहम भने पाँच खेलबाट दुई अंकमै सीमित छ र यो सिजन प्रिमियर लिगमा अहिलेसम्म जितविहीन रहेको छ ।

खेलअघि नै दबाबमा रहेका टोटनहमका प्रशिक्षक रोबर्टो डे जर्बीमाथि यो हारपछि थप दबाब बढेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै