• २०८३ असोज ३ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यका, बागमती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा ३२ जना, काठमाडौँ उपत्यकामा १९  जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ३ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५ जना, कर्णालीमा १ जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै