• २०८३ असोज १ बिहीबार

गगनलाई पूर्णबहादुरको सुझाव- एकता अझै सम्भव छ, कार्यतालिका स्थगित गरेर सहमति खोज्नुस्

गगनलाई पूर्णबहादुरको सुझाव- एकता अझै सम्भव छ, कार्यतालिका स्थगित गरेर सहमति खोज्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी पार्टीभित्र सहमतिको प्रयास गर्न सुझाव दिएका छन् ।

खड्काले सामाजिक सञ्जालमार्फत थापालाई खुला आग्रह गर्दै महाधिवेशनको कार्यतालिका स्थगित गरेर पार्टीका पूर्वसभापति शेरबहादुर देउवा तथा अग्रज नेताहरूसँग तत्काल संवाद सुरु गर्न सुझाव दिएका हुन् । उनले पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको बताएका छन् ।

उनले दुईवटा अलग–अलग महाधिवेशनको अवस्था रोक्न नसके कांग्रेस विभाजन हुन सक्ने चेतावनी दिदै पार्टी विभाजनले अन्य राजनीतिक दलमा समेत विभाजनको अवस्था निम्तिन सक्ने र त्यसले देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्व बढाउने जोखिम रहेको दाबी गरेका छन् ।

उनले भनेका छन्- 'किन हो किन हो मेरो अन्तरात्माले भनिरहेको छ - देशमा जातिय, क्षेत्रिय र धार्मिक द्धन्दको अकल्पनिय रणसंग्राम मच्चिने छ, मच्चाईने छ र हाम्रो प्यारो देश भाद्र २४ लाई पनी बिर्साउने गरि भिषण रण सग्रमाको दुस्चक्रमा परिणत हुने प्रबल प्रबल संभावना तिर उन्मुख देखिन्छ, त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखन्डता, सार्वभौंमसत्ता अनि स्वाभिमान को के होला ?'

खड्काले थापालाई विगतका घटनाक्रम र आफूले पाएका सुझावबारे गम्भीर आत्मसमीक्षा गर्दै निर्णायक कदम चाल्न आग्रह गरेका छन् । कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण कुनै समस्या नपर्ने भन्दै उनले सम्पूर्ण कांग्रेसलाई एकताबद्ध बनाउने पहल गर्न थापासँग आग्रह गरेका छन् ।

आफू कुनै महत्वाकांक्षाबाट मुक्त भएर पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको पनि खड्काले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै