काठमाडौं । चलचित्र‘बा : एक योद्धा’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र योगदानलाई छोराछोरीले नबुझ्दा उत्पन्न हुने पारिवारिक तथा आर्थिक समस्यालाई प्रस्तुत गरिएको छ ।
घर धितो राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवा र उनको योगदान बिर्सने छोराहरूको कथा ट्रेलरमा देखाइएको छ। छोराभन्दा छोरीले अभिभावकको पीडा बुझ्ने संकेत गर्दै पारिवारिक सम्बन्ध र भावनात्मक द्वन्द्वलाई पनि प्रस्तुत गरिएको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।
ट्रेलर









