काठमाडौँ । जिडब्लूएमका ओरा ५ र ट्यांक ३०० ले टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स-टाडा २०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।
ओरा ५ ले पारिवारिक कार विधामा उत्कृष्ट आन्तरिक डिजाइन अवार्ड पाएको छ भने ट्यांक ३०० ले प्रिमियम कार विधामा उत्कृष्ट प्रविधिगत नवप्रवर्तन अवार्ड जितेको हो ।
ओरा ५ को आन्तरिक भागमा आराम, आधुनिक प्रविधि र दैनिक प्रयोगलाई प्राथमिकता दिइएको छ । यसैगरी ट्यांक ३०० मा प्रिमियम एसयूभीसँगै उन्नत अफरोड प्रविधि र बलियो इन्जिनियरिङलाई समेटिएको कम्पनीले जनाएको छ ।
यी सम्मानले जिडब्लूएमका फरक मोडलमा रहेको डिजाइन तथा प्रविधिगत क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिएको जनाइएको छ । ओरा ५ ले विद्युतीय सवारीको आधुनिक डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले एसयूभीको प्रविधि र कठिन भूभागमा सञ्चालन क्षमतालाई जोड दिएको छ ।
नेपालमा जिडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्सले नेपाली बजारमा पनि विद्युतीय सवारीदेखि प्रिमियम एसयूभीसम्मका विभिन्न मोडल विस्तार गर्दै आएको छ । अन्तर्राष्ट्रिय सम्मानले नेपाली ग्राहकबीच ब्रान्डको विश्वव्यापी डिजाइन र प्रविधिगत क्षमताबारे थप परिचय गराउने अपेक्षा गरिएको छ ।









