काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई भित्राएको घोषणा गरको छ ।
गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ र उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् । ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई एकदिवसीय विश्वकप, एक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् ।
काठमान्डु गोर्खाजले यसअघि श्रीलंकाका अलराउन्डर सहान अराचचिगे र भारतका विकेट किपर ब्याट्सम्यान केएस भरतलाई भित्र्याएको थियो ।
करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनका लागि भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ । त्यस्तै,अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइरालालाई भित्राएको छ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।









