काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा ८ विकेटको शानदार जित निकाल्दै तीन खेलको सिरिज ३-० ले क्लिन स्वीप गरेको छ ।
एजबास्टनमा पाकिस्तानले दिएको १३० रनको लक्ष्य इङल्याण्डले चौथो दिन दुई विकेट गुमाएर पूरा गरेको थियो । जो रुटले अर्धशतक बनाउँदै टोलीको जित सहज बनाए भने जोर्डन कक्सले पनि अर्धशतक पूरा गरेका थिए ।
यसअघि पाकिस्तानले दोस्रो इनिङमा ४४९ रन बनाएको थियो । शान मसुदले ९५, बाबर आजमले ७६ र अजान अवैसले ५९ रन बनाएका थिए । नवप्रवेशी रजाउल्लाहले ८१ रनको आक्रामक इनिङ खेलेर पाकिस्तानको इनिङ उकासेका थिए । उनले ६३ बलमा ९ छक्का प्रहार गरेका थिए ।
पहिलो इनिङमा पाकिस्तान १३३ रनमै समेटिएको थियो भने इङल्याण्डले ४५३ रन बनाउँदै ३२० रनको ठूलो अग्रता लिएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिङमा सुधारिएको प्रदर्शन गरे पनि इङल्याण्डलाई रोक्न पर्याप्त हुन सकेन ।
यससँगै इङल्याण्डले यसअघि हेडिङ्ले र लर्ड्समा जित निकालेको सिरिजलाई ३-० ले जितेको छ ।









