• २०८३ भदौ २३ मंगलबार

काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह

काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह

काठमाडौं । नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन पत्र लेखेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले  प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी, पार्किङ स्थल तथा बगैचा बुक गरिदिन पत्र लेखेको हो । 

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्न लागेको हो । 

महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै