काठमाडौँ । इलाममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा माईजोगमाई गाउँपालिका–३ का ३८ वर्षीय बलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, पाँचथरमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा डेरा गरी बस्ने भारत सिसवनिया–१ घर भएका २५ वर्षीय रामसुरत मुखियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।









