• २०८३ भदौ २१ आइतबार

अल इत्तिहादसँग अल नासर पराजित

अल इत्तिहादसँग अल नासर पराजित

काठमाडौँ । साउदी प्रो लिगको रोमाञ्चक खेलमा अल इत्तिहादले क्रिस्टियानो रोनाल्डोको अल नासरलाई २–१ गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा अल इत्तिहादले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै अल नासरको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो ।

अल इत्तिहादले सुरुआतदेखि नै अल नासरमाथि दबाब बनाएको थियो । घरेलु टोलीको निरन्तर दबाबका कारण अल नासरलाई आफ्नै क्षेत्रबाट बल बाहिर निकाल्नसमेत कठिन भएको थियो ।

शनिबार राति भएको पाँचौँ चरणको खेलमा अल इत्तिहादले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलको अग्रता बनाएको थियो । इत्तिहादका लागि दुवै गोल जर्ज इल्लेनिखेनाले गरेका थिए । उनले खेलको चौथो र २२औं मिनेटमा गरेका थिए ।  अल नासरले खेलको ३६औँ मिनेटमा एन्जेलोको गोलमार्फत खेलमा फर्किने प्रयास गरेको थियो ।

तर दोस्रो हाफमा अल नासरले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि अल इत्तिहादको रक्षापंक्तिले दबाब थेगेको थियो। अन्ततः अल इत्तिहादले २–१ को जित सुरक्षित गरेको थियो ।

यस हारसँगै साबिक विजेता अल नासरको जारी सिजनमा शतप्रतिशत जितको सुरुआत रोकिएको छ। पाँच खेलबाट अल नासरले १२ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको अल हिलालले सबै पाँच खेल जित्दै १५ अंक बनाएको छ । अल इत्तिहादको भने ५ खेलमा ११ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय