• २०८३ भदौ २० शनिबार

चिलिमेको सुरुङमा उद्धार कार्य जारी, भारतीय राजदुतले के भने ?

चिलिमेको सुरुङमा उद्धार कार्य जारी, भारतीय राजदुतले के भने ?

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली सेनासँग मिलेर चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य गरिरहेको भारतीय टोलीले थप गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाएको जानकारी दिएका छन् ।

उनका अनुसार टोलीले शनिबार सुरुङभित्रको पानीसहितको लेदो निकाल्दै थप गहिराइसम्म पुग्ने काम गरेको थियो। सुरुङसम्म ठूला उद्धार उपकरण पुर्‍याउन अस्थायी बाटो निर्माणको कामसमेत भइरहेको छ ।

उनले भनेका छन्- 'नेपाली सेनासँग सहकार्य गर्दै सुरुङमा उद्धार कार्य गरिरहेको भारतीय टोलीले चिलिमे सुरुङमा पानी निकाल्दै थप गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाएको छ । सुरुङसम्म थप ठूला उपकरण पुर्‍याउन अस्थायी बाटो निर्माणको कामसमेत भइरहेको छ । टोलीमा रहेका चिकित्सकहरूले स्थानीय समुदायका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन् ।'

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब आधा भाग सफा गरिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै