• २०८३ भदौ २० शनिबार

प्यारामाउन्ट प्लसले किन्यो ह्यारी र मेगनको नयाँ डकुमेन्ट्री

प्यारामाउन्ट प्लसले किन्यो ह्यारी र मेगनको नयाँ डकुमेन्ट्री

काठमाडौँ । राजकुमार ह्यारी र मेगन मार्कलले निर्माण गरेको नयाँ वृत्तचित्र ‘कुकी क्वीन्स’को प्रसारण अधिकार प्यारामाउन्ट प्लसले किनेको खबर सार्वजनिक भएको छ । डेली मेलका अनुसार ह्यारी र मेगन कार्यकारी निर्माता रहेको उक्त वृत्तचित्रका लागि प्यारामाउन्ट प्लसले अधिकार सुरक्षित गरेको हो ।

यससँगै नेटफ्लिक्ससँग ह्यारी र मेगनको भएको नयाँ सम्झौतामाथि प्रश्न उठेको छ । दम्पतीले यसअघि नेटफ्लिक्ससँग १० करोड डलरको सम्झौता गरेका थिए ।

पछि उनीहरूले मेगनको आफ्नै ब्रान्ड ‘एस एभर’ मा पूर्ण नियन्त्रण लिन पुरानो सम्झौता अन्त्य गरेका थिए । तर त्यसपछि आर्कवेलमार्फत विकास हुने परियोजनामा नेटफ्लिक्सलाई प्राथमिकता दिने गरी बहुवर्षीय नयाँ सम्झौता गरेका थिए ।

‘कुकी क्वीन्स’को अधिकार प्यारामाउन्ट प्लसले लिनुमा प्यारामाउन्ट पिक्चर्सका प्रमुख कार्यकारी अधिकृत ब्रायन रोबिन्ससँग ह्यारी र मेगनको सम्बन्धलाई पनि कारण मानिएको छ । रोबिन्सले सन् २०२४ मा जमैकामा बब मार्लीको जीवनमा आधारित चलचित्रको प्रदर्शनमा उनीहरूलाई आमन्त्रण गरेका थिए ।

अमेरिकामा प्रदर्शन हुँदा भने वृत्तचित्रले कमजोर व्यापार गरेको थियो । ४४६ वटा चलचित्रघरमा प्रदर्शन भएको उक्त वृत्तचित्रले पहिलो सप्ताहन्तमा करिब ५ करोड रुपैयाँ मात्र कमाएको थियो । यसकारण नेटफ्लिक्सले यसको अधिकार लिन चासो नदेखाएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै