• २०८३ भदौ १९ शुक्रबार

बाढीले बगाएका झोलुङ्गे पुलको मर्मत र निर्माणको प्रक्रिया शुरु

बाढीले बगाएका झोलुङ्गे पुलको मर्मत र निर्माणको प्रक्रिया शुरु

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको मर्मतको प्रक्रिया शुरु गरिएको छ ।  

भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो । प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

यी पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो । जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ । यी ५ वटा झोलुङ्गे पुलहरू १ महिनाभित्र मर्मत सम्पन्न गरिनेछ । 

त्यसैगरी, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै