• २०८३ भदौ १६ मंगलबार

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा रजिस्ट्रार नियुक्त गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा डा पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्रा डा निर्मला जमरकट्टेल, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा डा तारादत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक डा. सुदीप ठकुरी र राजर्षि जनक विश्वविद्यालयमा डा. जीवन काफ्ले रजिस्ट्रार नियुक्त भएका छन् ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह नियुक्त भएकी छन् । नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा विकासका लागि प्रभावकारी समन्वय र सहकार्यका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् ।

उनले उच्च शिक्षा सुधार, शैक्षिक गुणस्तर र अनुसन्धानमा विश्वविद्यालयलाई अघि बढाउन उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै