• २०८३ भदौ १६ मंगलबार

सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने

सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, संघीय संसद् सचिवालय र सभामुखको सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयअनुसार रकम कट्टा गरी सोही कोषमा जम्मा गरिने जनाइएको छ ।

विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएकाले आफूले पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको सभामुख अर्यालले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै