काठमाडौँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका–६ कात्तिकेका २१ वर्षीय लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, सिन्धुलीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुधौली नगरपालिका–३ का २३ वर्षीय भक्तबहादुर कार्की पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी, सङ्खुवासभामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मकालु गाउँपालिका–५ बस्ने, भोटखोला गाउँपालिका–४ का ४३ वर्षीय किरण तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरी चौकी नुमबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
तीनै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









