• २०८३ भदौ १६ मंगलबार

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक बुधबार दिउसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो । 

बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् ।

यसअघि भदौ १०  मा  भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक बसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै