काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक बुधबार दिउसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो ।
बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् ।
यसअघि भदौ १० मा भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक बसेको थियो ।









