• २०८३ भदौ १४ आइतबार

स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं

स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं

काठमाडौँ । नेपाल र तिब्बत सीमा क्षेत्रमा यस साता आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै एलन मस्कको कम्पनि स्टारलिङ्कले नेपाल सरकार र मानवीय सहायता साझेदारलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

कम्पनीले आवश्यक अनुमति प्राप्त हुनेबित्तिकै स्टारलिङ्क उपकरण उपलब्ध गराउने र निःशुल्क सेवा सञ्चालन गर्न तयार रहेको जनाएको हो ।

स्टारलिङ्कले सडक, पुल तथा मोबाइल सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा आफ्नो सेवा उद्धार तथा राहत कार्यका लागि महत्वपूर्ण हुने उल्लेख गरेको छ । कम्पनीले खोज तथा उद्धार टोली, घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा आफन्तको खोजीमा रहेका परिवारलाई सञ्चार सम्पर्क कायम गर्न स्टारलिङ्कले सहयोग पुर्‍याउन सक्ने बताएको छ ।

विद्युत् स्रोत र खुला आकाशको पहुँच भएमा स्टारलिङ्कको उपकरण जडान गरेको केही मिनेटमै उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै