• २०८३ भदौ १४ आइतबार

भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो

भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो

काठमाडौँ । भारतले नेपालमा बाढी तथा पहिरो प्रभावितको उद्धार र राहतका लागि थप सहयोग पठाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारतबाट ११ टन सहयोग सामग्री बोकेको चौथो उडान शनिबार राति काठमाडौँ आइपुगेको छ । उक्त सामग्रीमा सुरुङमा खोज तथा उद्धारका लागि प्राविधिक टोली र आवश्यक उपकरण, शव परीक्षण तथा डिएनए विश्लेषणका लागि विशेषज्ञ टोली र उपकरण समावेश छन् । त्यसैगरी कम्बल, सुत्ने झोला, त्रिपाल, प्लास्टिकका पाना तथा सरसफाइ सामग्री पनि पठाइएको छ ।

भारतबाट २३० फिट लामो एकतर्फी अस्थायी स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रकसमेत नेपाल आइपुगेका छन् । थप सातवटा बेलिब्रिज पुल जडानका लागि आवश्यक उपकरण छिट्टै पठाइने र प्राविधिक टोली पनि नेपाल आउने जयशंकरले बताएका छन् ।

हालसम्म भारतले अत्यावश्यक औषधि, विद्युत् उत्पादन गर्ने पोर्टेबल यन्त्र, खाद्य सामग्री, पानी शुद्धीकरण गर्ने चक्की तथा प्राविधिक उपकरणसहित ६८.५ टन राहत सामग्री हवाईमार्फत काठमाडौँ पठाइसकेको छ । जयशंकरले नेपालमा जारी उद्धार तथा राहत कार्यमा भारतको सहयोग निरन्तर रहने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै