• २०८३ भदौ १० बुधबार

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठाउदै

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठाउदै

काठमाडौँ । भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन १० टन मानवीय सहायता तथा आवश्यक औषधि पठाएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले बाढी प्रभावित नेपाललाई सहयोगस्वरूप मानवीय सहायता र आवश्यक औषधि पठाइएको बताएका छन् ।

उनले बाढीबाट ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गरेका छन् । यशंकरले विपद्को यस कठिन समयमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् ।

यसअघि बुधबार अपराहन्न प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन कुराकानी गर्दै सबै खाले सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै