• २०८३ भदौ १३ शनिबार

टप एन्ड सिरिजमा नेपाल ए ले आज भिक्टोरिया सिए एघारसँग खेल्दै

टप एन्ड सिरिजमा नेपाल ए ले आज भिक्टोरिया सिए एघारसँग खेल्दै

काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए' ले आज छैटौं खेल अन्तर्गत भिक्टोरिया सिए एघारसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।

नेपाल ए ले प्रतियोगितामा २ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । सेमिफाइनलमा पुग्न नेपालले यस खेलमा उच्च रनरेटसहित जित्नुपर्ने अवस्था रहेको छ ।

भोक्टोरियाले भने ५ खेलमा ४ जितसहित ८ अंक हासिल गर्दै सेमिफाइनलमा पुगिसकेको छ । त्यस्तै बंगलादेशको एचपी एघार र एडिलेड स्ट्राइकर्स एकेडेमी पनि सेमिफाइनलमा पुगिसकेका छन् ।

क्यानले अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली अस्ट्रेलिया पठाएको छ । 

टोलीमा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै