• २०८३ भदौ १२ शुक्रबार

ट्रम्पले भने- नेपाललाई आवश्यक सबै सहयोग गर्छौं

ट्रम्पले भने- नेपाललाई आवश्यक सबै सहयोग गर्छौं

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने बताएका छन् ।

ह्वाइटहाउसमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने र अमेरिकाले राहत पठाउदै गरेको बताएका हुन् ।

उनले भने- 'हामी सबै आवश्यक सहयोग गर्न तयार छौं, हाम्रो नेपालसँग राम्रो सम्बन्ध छ । निकै ठुलो लेदो र पानीको बाढी आएको छ ।  यस्तो अहिलेसम्म देखिएको छैन । हामीले नेपालको सरकारसँग कुरा गरिरहेका छौं र सहयोग पठाउदैछौं । अहिलेसम्म ५० देखि ६० अमेरिकी नागरिक सम्पर्कमा नरहेको र विस्तृत जानकारी आउन बाँकी छ । केहि भेटिने सम्भावना कम रहेको छ ।'

नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म भोटेकोशी बाढीबाट ६५ अमेरिकी नागरिक सम्पर्कविहिन रहेका छन्  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै