• २०८३ भदौ १२ शुक्रबार

भोटेकोशी बाढी: अहिलेसम्म ३८९ शव भेटियो, ४६६ जनाको उद्धार

भोटेकोशी बाढी: अहिलेसम्म ३८९ शव भेटियो, ४६६ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३८९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  त्यस्तै अहिलेसम्म विभिन्न जिल्लाबाट ४६६ जनाको उद्धार गरेको जानकारी दिएको छ । जसमा रसुवाबाट २८९, नुवाकोटबाट ९०, धादिङबाट ३ र काठमाडौँबाट ८४ जनाको उद्धार गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै