• २०८३ भदौ ११ बिहीबार

विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र परिचालन गर्ने निर्णय

विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र परिचालन गर्ने निर्णय

काठमाडौं । सर्बदलीय बैठकमा विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्ने विषयमा छलफल र निर्णय भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा संसदीय समिति गठन गरेर विपद व्यवस्थापनको अनुगमन र सहकार्य गर्ने सहमति भएको काँग्रेस सभापति गगन थापाले जानकारी दिएका छन् । 

सदनमा रहेका र नरहेका सबै मिलोर संयुक्त रूपमा काम गर्न दलीय संयन्त्र बनाएर विपद्मा परेका नागरिकलाई सघाउन आफुले प्रस्ताव गरेको थापाले बताए । 

साथै सरकारसँगको सहकार्यमा अवरुद्ध सडक खुलाउन र घरहरुमा पसेको लेदो हटाउने कार्यमा दलहरुले आ-आफ्ना संयन्त्र परिचालन गर्ने समेत निर्णय भएको उनले बताए ।   

बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले  पहिलो दायित्व भनेको मानिसको जीवन बचाउनु हो भएको भन्दै खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै