• २०८३ भदौ ११ बिहीबार

भोटेकोशीको बाढीपछि सरकारले माग्यो सहयोग, यी बैंक खाताबाट रकम दिन सकिने

भोटेकोशीको बाढीपछि सरकारले माग्यो सहयोग, यी बैंक खाताबाट रकम दिन सकिने

काठमाडौँ । सरकारले रसुवा बाढी प्रभावितका लागि उद्धार कोषमा सहयोग गर्न सरकारको अपिल गरको छ ।  

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएको भन्दै सरकारले विपद्बाट प्रभावितलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक रहेकाले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको जनाएको छ ।

सहयोगका लागि बैंक खाता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

हिमालयन बैंक लिमिटेड (डलर खाता) — ०१९०५६३१२१००४६
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड — ०१०१३२४३८०१, ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक — ११३०१००००३७६२००१, ११३०१०००००००६००६
एभरेस्ट बैंक लिमिटेड — ००१००१०५२००२७०, ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड — ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लिमिटेड — ००४०१०१०००००५७, ००४११०१००००००५
नबिल बैंक — १७१००१७५०५२८५
कृषि विकास बैंक लिमिटेड — ०१००२०१००२९०७०१४

प्रधानमन्त्री राहत कोष

राष्ट्रिय वाणिज्य बैंक — १४३०१०००००२५००६, १४३०१००००११६४००१

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार उक्त खातामा आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै