• २०८३ भदौ १० बुधबार

भोटेकोशी बाढीपछि ११४ जनाको हवाई उद्धार

भोटेकोशी बाढीपछि ११४ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौँतर्फ ३ जनाको उद्धार गरेको छ । निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल ५ जना, सिम्रिकले रसुवाबाट ३ जना र अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल ४ जनालाई उद्धार गरेका छन् ।

त्यस्तै, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पताल २ जना, फिस्टेलले रसुवा–टिचिङ अस्पताल ५ जना, एभरेस्टले रसुवा–टिचिङ अस्पताल २ जना र प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पताल २ जनाको उद्धार गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा अझै उद्धार तथा खोजी कार्य जारी रहेकाले आवश्यकताअनुसार थप हवाई उद्धार गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै