• २०८३ भदौ १० बुधबार

पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने काँग्रेसको निर्णय

पार्टीका कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा खटिने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ ।

काँग्रेसको बुधबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले तय गरेका सबै कार्यक्रम स्थगित गरेर भोटेकोशी बाढी प्रभावितको राहत र उद्धारमा खटिने निर्णय गरेको सभापति गगन थापाले जानकारी दिएका हुन् ।

सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा राहत र उद्धारमा खटिने बताएका छन् । त्यस्तै काँग्रेसको विपद व्यवस्थापन उपसमितिलाई पनि बाढी प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै