• २०८३ भदौ १० बुधबार

बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बीपी राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार साँझ करिब ६: २० बजे इटहरीबाट काठमाडौं आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंको सिन्धुलीतर्फ जाँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बडेश्वर गाउँपालिका–५ का १९ वर्षीय राजु यादव र पछाडि सवार सोही स्थानका २० वर्षीय रुपेश महतो घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । उपचारका क्रममा मोटरसाइकल चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३९ वर्षीय केशव भट्टराईलाई नियन्त्रणमा लिएर ट्रकसहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै