• २०८३ भदौ १० बुधबार

आज राष्ट्रियसभाका दुई समितिको बैठक बस्दै

आज राष्ट्रियसभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

त्यस्तै, विहान साढे ११ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफलको कार्यसूची रहेको छ । 

त्यसैगरी, आज दिउसो १ बजेदेखि शुरु हुने  विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै