• २०८३ भदौ १० बुधबार

एसिया कप र यू-१९ महिला विश्वकपका लागि २८ खेलाडी छनोट

एसिया कप र यू-१९ महिला विश्वकपका लागि २८ खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसिया कप तथा सन् २०२६-२७ मा हुने यू-१९ महिला विश्वकपमा सहभागी हुने नेपाली यू-१९ महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको प्रशिक्षणका लागि २८ खेलाडी छनोट गरेको छ ।

छनोट हुने खेलाडीमा कप्तान सोनी पाख्रिनसहित प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्स्त्रिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा रानामगर, टिका साह, पूर्णिमा राजवंशी, अन्जिला पाठक, आशना चौधरी, सुप्रिया बुढामगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिका कुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीषा कुमारी उपाध्याय, सना प्रवीण र अलिसा कुमारी यादव रहेका छन् ।

क्यानका अनुसार छनोट भएका खेलाडीले आगामी प्रतियोगिताका लागि पहिलो चरणको प्रशिक्षण शिविरमा सहभागिता जनाउनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै