• २०८३ भदौ ९ मंगलबार

अजय देवागनको चलचित्र ‘दृश्यम’ को अन्तिम सिरिज अक्टोबर २ मा प्रदर्शन हुने

अजय देवागनको चलचित्र ‘दृश्यम’ को अन्तिम सिरिज अक्टोबर २ मा प्रदर्शन हुने

काठमाडौं । बलिवुड अभिनेता अजय देवगण अभिनीत चर्चित चलचित्र ‘दृश्यम’ को तेस्रो तथा अन्तिम सिरिज ‘दृश्यमः द कन्क्लुजन’ सन् २०२६ को अक्टोबर २ मा प्रदर्शन हुने भएको छ ।

चलचित्रको निर्देशन अभिषेक पाठकले गरेका छन् । यसको कथा तथा पटकथा अभिषेक पाठक, आमिल कियान खान र परवेज शेखले तयार पारेका हुन् ।

चलचित्रमा अजय देवगणले विजय सालगाउँकरको भूमिकालाई पुनः निरन्तरता दिनेछन् । ‘दृश्यम’ शृङ्खलाको अघिल्लो कथालाई अगाडि बढाउँदै यसपटक विजय सालगाउँकरको कथालाई अन्तिम निष्कर्षतर्फ लगिने निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता आलोक जैन, अजित अन्धारे, कुमार मंगत पाठक र अभिषेक पाठक रहेका छन् । निर्माण पक्षले चलचित्रलाई सन् २०२६ को अक्टोबर २ मा चलचित्रघरमा प्रदर्शन गर्ने घोषणा गरेको हो । 

अजय देवगणको चर्चित भूमिकामध्ये एक मानिएको विजय सालगाउँकरको पुनरागमनसँगै चलचित्रले ‘दृश्यम’ शृङ्खलाको कथालाई अन्तिम अध्यायमा पुर्‍याउने अपेक्षा गरिएको छ । विजयको चरित्रकै वरिपरि केन्द्रित रहेको यस शृङ्खलाको नयाँ चलचित्रलाई दर्शकमाझ चासोका साथ हेरिएको छ ।

मलायलम फिल्मको रिमेकको रुपमा दृश्यमको पहिलो फिल्म २०१५ को जुलाईमा रिलिज भएको थियो भने दृश्यम-२ २०२२ मा रिलिज भएको थियो । दुवै भागले दर्शकको मन जित्न सफल भएको थियो भने बक्स अफिसमा शानदार प्रदर्शन गरेको थियो ।

दृश्यमको पहिलो भागले भरमा करिब ७० करोड कमाई गरेको थियो भने दोस्रो भागले भारतमा मात्र २४० करोड कमाई गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै