सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको जिल्लाको प्रशासनिक भवनमा आगलागी भएको छ ।
गएराती करिब २ बजे भएको आगलागीबाट महत्वपूर्ण कागजातसहित भवनमा ठूलो क्षति पुगेको बताइएको छ ।
आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांस श्रेस्ताहरु जलेर नष्ट भएको बताइएको छ ।
आगलागीको कारण भने खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।









