सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शाहीले सोमबार नै प्रदेशसभा सचिवालयमा यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । गत १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार भने गर्न सकेका छैनन् । सत्ता गठबन्धनमा रहेको एमालेसँग मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा सरकार विस्तार हुन सकेको छैन ।
अब भने उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ र एमालेका १० प्रदेशसभा सदस्य रहेका छन् ।









