पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका-४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ११ बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा रोल्पाको लुङ्ग्री गाउँपालिका-३ बस्ने २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए ।
घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकोमा उपचारका क्रममा दिउँसो करिब साढे १२ बजे उनको मृत्यु भएको हो ।
दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









