• २०८३ भदौ २ मंगलबार

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोलाई बिदाइ भेट गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री खनालले नेपाल-युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले गरेको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार र नेपाली जनताबाट प्राप्त सहयोग तथा सहकार्यप्रति आभार व्यक्त गरिन् ।

राजदूत लोरेन्जोले आजै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेकी थिइन् । सचिव राईले नेपाल र युरोपेली संघबीचको साझेदारीलाई थप मजबुत बनाउन राजदूत लोरेन्जोले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए ।

राजदूत लोरेन्जोले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै