• २०८३ भदौ २ मंगलबार

सभामुखले भन्दैमा टाउको हल्लाएर बस्दिन- आशिका तामाङ

सभामुखले भन्दैमा टाउको हल्लाएर बस्दिन- आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले संसदमा सभामुखले भन्दैमा आफु हस भन्दै टाउको हल्लाएर नबस्ने बताएकी छन् ।

आफूलाई ‘मर्यादामा बस्न’ सभामुखले दिएको निर्देशनप्रति टिप्पणी गर्दै सांसद तामाङले मर्यादा भनेको सभामुखले जे भन्नु हुन्छ हस भनेर टाउको हल्लाएर कदापि स्वीकार्य नहुने बताएकी हुन् ।

उनले सभामुखले भनेको कुरा मानेर मात्र बस्नु नै ‘मर्यादा’ नभएको बताउँदै जनताका मुद्दामा सरकारसँग जवाफ माग्नु आफ्नो जिम्मेवारी भएको बताएकी छन् ।

उनले भनेकी छन्- 'मर्यादा भनेको सभामुखज्यूले जे भन्नू हुन्छ हस भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन !'

तामाङले ३७ दिनसम्म आफूले धैर्यता र सहनशीलता अपनाउँदै पीडितको पक्षमा विभिन्न सरकारी निकाय धाएको बताएकी छन् । उनले पीडितकी श्रीमती र बुवालाई लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय र कहिले परामर्शदाताको कार्यालय पुगेको उल्लेख गरेकी छन् ।

तामाङले यसअघि विपक्षी दलले बिना कारण सभामुखको आलोचना गर्दा आफूले नै सदनमा नियमापत्ति जनाएको स्मरण गर्दै अहिले पनि जनताको मुद्दामा भएको ढिलासुस्तीबारे सभामुखमार्फत सरकारसँग जवाफ मात्र खोजेको स्पष्ट पारेकी छन् । उनले सरकार जनताका हरेक मुद्दामा जवाफदेही हुनुपर्ने बताएकी छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै