• २०८३ श्रावण ३१ आइतबार

भौतिक पूर्वाधारमन्त्री लम्साल अस्वस्थ, बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइयो

भौतिक पूर्वाधारमन्त्री लम्साल अस्वस्थ, बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइयो

काठमाडौँ । सडक अनुगमनका लागि सुदूरपश्चिम पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइएको छ ।

आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो । उनलाई उच्च ज्वरो रहेको र खोकी समेत रहेको बताइएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मन्त्री लम्साल अनुगमनकै क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए । तर बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या आएपछि उनको पूर्वनिर्धारित सडक अनुगमन कार्यक्रम प्रभावित भएको छ । उनलाई धनगढीबाट काठमाडौँ लगिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै